११ कार्तिक २०८३, बुधबार

आगलागीमा परी एकजनाको मृत्यु, ३ वटा घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी,२ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।

नगरपालिकाको वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो । आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको हो ।

आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।