४ कार्तिक २०८३, बुधबार

जैविक विविधता संरक्षण गर्न कञ्चनपुरका युवा योजना बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bank-tranning

महेन्द्रनगर, ११ वैशाख । कञ्चनपुरमा रहेको जैविक विविधता संरक्षणका लागि युवाहरु जागरुक हुन थालेका छन् ।

ग्रिन युथ नेपालको कञ्चनपुरमा जिल्ला शाखा विस्तारका क्रममा सहभागी युवाले जैविक विविधता संरक्षणका लागि सक्रिय हुने प्रतिवद्धता जनाएका छन् ।

ग्रिन युथ नेपालले जैविक विविधता संरक्षण र वातावरण संरक्षणका लागि अभियान सञ्चालन गर्ने कार्यक्रम कञ्चनपुरमा विस्तार गर्न छलफल गरिएको ग्रिन युथ नेपालका केन्द्रीय सचिव अर्जुन साउँदले जानकारी दिनुभयो ।

Bank-tranning-2कञ्चनपुरमा हाल मनिष पाण्डेय नेतृत्वको तदर्थ समिति मार्फत् संरक्षणको काम भइरहेको बताउँदै सचिव अर्जुन साउँदले छिट्टै जिल्ला कार्यसमिति चयन गरिने बताउनुभयो । संरक्षणमा युवालाई सहभागिता गराउँदा संरक्षणको काम प्रभावकारी हुने जनाइएको छ ।

देशैभरिका २२ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने क्रममा ग्रिन युथ नेपाल ११ औं जिल्लाका रुपमा कञ्चनपुरमा प्रवेश गरेको हो । जैविक विविधता संरक्षण अभियान अन्तर्गत ५ लाख युवालाई ग्रिन युथ नेपालमा सहभागी गराउने लक्ष्य रहेको केन्द्रीय अध्यक्ष अर्जुन कुर्मीले जानकारी दिनुभयो ।

ग्रिन युथ नेपालमा आवद्ध युवालाई वन्यजन्तुको चोरीशिकार नियन्त्रणमा समेत सक्रिय बनाइने केन्द्रीय सचिव अर्जुन साउँदले बताउनुभयो ।

Bank-tranning-1  Bank-tranning-3 Bank-tranning-4 Bank-tranning-5 Bank-tranning-6 Bank-tranning-7