४ कार्तिक २०८३, बुधबार

गुडिरहेको मोटरसाईकलमाथि ढुङगा खस्दा १ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुशिल नेपाल
पाल्पा, ११ बैशाख । पाल्पामा गुडिरहेको मोटरसाइकल माथि ढुङगा खस्दा एक जनाको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २० प ४३९२ नम्बरको मोटरसाइकलमा गौँडेपुल नजिक पुग्दा माथिबाट ढुङगा खसेर मोटरसाईकलमा सवार पाल्पा मदनपोखरा १ का ३५ बर्षीय अमृत कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

करिब २ बजेर २५ मिनेट जाँदा भएको दुर्घटनामा परि २४ बर्षीय अन्जु सारु घाइते भएकी छिन् ।