१ कार्तिक २०८३, आइतबार

रियल मड्रिड र भिल्ला रियाल च्याम्पियन्स लीगको सेमिफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । रियल मड्रिड र भिल्ला रियाल च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लिगमा साविक विजेता चेल्सीसँग ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को नतिजासहित रियलले सेमिफाइनलमा स्थान पक्का पारेको हो ।

यस्तै अर्को खेलमा बायर्न म्युनिखसँग १–१ को बराबरीमा रोकिए पनि समग्रमा २–१ को नतिजा निकाल्दै भिल्ला रियाल पनि अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा बायर्नका लागि ५२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले शुरूवाती गोल गरे ।

तर ८८औं मिनेटमा भिल्ला रियालका सामुएलका चकवेजेले गोल गर्दै खेल बराबरी गरे ।