१ कार्तिक २०८३, आइतबार

खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २९ चैत । खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

उहाँलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा ९१० तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम ९१० मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।–रासस