काठमाडौँ, ११ वैशाख । आजदेखि काठमाडौँको टुँडिखेलमा पाँचदिने निःशुल्क योग शिविर सुरु भएको छ ।
पतञ्जलि योगपीठ नेपालको आयोजनामा विश्वप्रसिद्ध योग गुरु रामदेवको उपस्थितिमा आयोजना गरिएको शिविरमा योग सिकाउन रामदेव बिहीबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँकै प्रत्यक्ष उपस्थितिमा आजदेखि शिविर सञ्चालन गरिएको योगपीठका ओम वंशालले जानकारी गराउनुभयो ।
योग र आयुर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । प्रत्येक दिन बिहान ५ देखि ८ बजेसम्म हुने शिविर सञ्चालन हुने छ । शिविरको पहिलो दिन आज राष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री वामदेव गौतम, प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहलगायत सहभागी हुनुभएको छ । रासस















प्रतिक्रिया