काठमाडौं, ११ वैशाख । संविधानसभा वहिष्कार गरेर आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आरोप प्रत्यारोप र गुनासो गर्न मै सकिएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा शुक्रबार बसेको बैठकमा अधिकांश नेताले प्रचण्डले धोका दिन खोजेको आरोप लगाएका छन् ।
बैठकमा सहभागी विशेषगरी मधेसी नेताहरुले मोर्चाको आन्दोलनलाई तुहाउन खोजेको भन्दै प्रचण्डको चर्काे आलोचना गरेका हुन् । उनीहरुले सरकारमा रहेका दल कांग्रेस एमालेसँग मिलेर संघीयता थाती राखेर संविधान ल्याउने योजनामा मिलेर आफुहरुलाई धोका दिन खोजेको भन्दै आक्रोस पोखेका छन् ।
वार्तामा एमाओवादीको तर्फबाट प्रचण्ड र नेता बाबुराम भट्टराईसहितका नेताहरु सहभागी थिए । मधेसी मोर्चाका विजयकुमार गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकूर, राजेन्द्र महतोलगायतका नेताहरु प्रचण्डसँग वार्ता गर्न लाजिम्पाट पुगेका थिए ।
बैठकमा उपेन्द्र यादव र राजेन्द्र महतोले प्रचण्डलाई आफुहरुलाई धोका दिन खोजेको भन्दै प्रचण्डलाई थर्काएको एक नेताले बताए । बैठकमा सहभागि ति नेताका अनुसार उपेन्द्र र राजेन्द्रको आक्रोश थाम्न प्रचण्डलाई आपत परेको थियो ।
तीस दलीय मोर्चा बलियो भएको दाबी गर्दै उनीहरुले प्रचण्डलाई खुट्टा नतान्न आग्रह समेत गरेका थिए । बैठकमा मधेसी दललाई विभिन्न बाहना निकालेर गठबन्धनबाट नभाग्न प्रचण्डले आग्रह गरेका थिए । मोर्चाको अर्काे बैठक वैशाख १४ गते बस्ने छ ।












प्रतिक्रिया