– सुशिल नेपाल
पाल्पा, ११ वैशाख । पाल्पाको तानसेनमा कोशेली घर सञ्चालनमा आएको छ । पर्यटकले एकै ठाउँबाट गुणस्तरीय सम्पुर्ण सरसामान लैजान सजिलो होस भनेर कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको २५ जना युवा व्यबसायिले सञ्चालनमा ल्याएका कोशेलि घरमा पाल्पामा उत्पादन भएका कृषिजन्य बस्तु, घरेलु उत्पादन, करुवा, ढाका टोपी लगायतका बस्तुहरु राखिएका छन् । करिब २९ लाखको लगानिमा कोशेलीघर उपभोक्ता सहकारी संस्था उद्घाटन गरि सञ्चालनमा ल्याइएको हो ।
यसका लागि एक गाउँ एक उत्पादन कार्यक्रमले ३ लाख रुपैँया सहयोग गरेको छ । पाल्पा आउने पर्यटकले गुणस्तरीय स्थानिय स्तरमा उत्पादन भएका सामाग्रीहरु लैजाउन, स्थानिय उत्पादनको बजार बिस्तार होस साथै स्थानीय उत्पादनका उद्योग धन्दालाई व्यवसायिक बनाउने उद्देश्यका साथ कोशेलीघर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष राजु महर्जनले बताए ।
तानसेनको गौरिशंकर गेष्ट हाउस भएको भवनमा सञ्चालनमा ल्याइएको कोशेल घर बिस्तारै तानसेनका अन्य स्थानहरुमा समेत विस्तार गरिने जनाइएको छ ।















प्रतिक्रिया