२ कार्तिक २०८३, सोमबार

जेलेन्स्की बत्ती निभाएर बस्छन्, हवाई आक्रमणको संकेत पाउनासाथ भूमिगत हुन्छन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीबीएसको ६० मिनेटु नामक कार्यक्रममा भनेका छन्, रुसी बमबारीको खतराबाट बच्नका लागि म र मेरो टोली राजधानीको किभस्थित यस स्थानमा बत्ती निभाएर अँध्यारोमा काम गर्दै आइरहेका छौँ ।

सीबीएसको पत्रकार टोलीले जेलेन्स्कीको यस अखडामै गएर अन्तर्वार्ता लिएको हो । ४६ दिनदेखि राष्ट्रपति र उनको महत्वपूर्ण र्कमचारी टोली यही अखडामा बस्दै आएका छन् । सीबीएसको पत्रकार स्कट पेल्लीले गत ६ अप्रिलमा जेलेन्स्कीलाई उनको किभ कमान्ड सेन्टरमा लिएको अन्तर्वार्ता आइतबार राति प्रसारित भएको हो ।

सीबीएसले कमान्ड सेन्टर अत्याधुनिक हातहतियार र फौजले पूर्ण सुरक्षा प्रदान गरिएको किल्ला भएको बयान गरेको छ । भिडियो फुटेजमा सेन्टरका ब्ल्याक आउट हल जानेबाटाहरू र भुँइमा बिछ्याइएका म्याट्रेसहरू देखिन्छन् । पेल्लीले युक्रेनी फौज ती म्याट्रेसमा सुत्ने गरेको बताएका छन् ।

पेल्लीले तपाईं त सुरक्षित हुनुहुन्छ नि भनेर सोधिएको प्रश्नको जवाफमा जेलेन्स्कीले जवाफ दिएका छन्, मलाई ठिकै छ । सुरक्षा सम्बन्धमा म पूरै ढुक्क छुँ । हाम्रा गार्डहरू हवाई आक्रमणलाई लिएर चिन्तित छन् । तर हवाई आक्रमणको संकेत पाउना साथ हामी भूमिगत तल्लातर्फ अघि बढ्छौँ ।

२४ फ्रेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता हवाई बमबारीबाट जोगिन युक्रेनी जनता पनि भूमिगत बंकर, सबवे–स्टेसन विद्यालयहरूका भूमिगत तल्लामा आश्रय लिँदै आएका छन् । पेल्लीको अर्को प्रश्नको जवाफमा जेलेन्सकीले यस्तो अवस्थामा काम गर्नुको अर्को कुनै विकल्प नै नभएको बताएका छन् । –बिज्नेस इन्साइडरबाट ।