
काठमाडौं, २८ चैत । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको ‘यो मुटु भरी’ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएको छ ।
माया प्रेम र रोमान्समा रहेका युवायुवतीबीचको प्रेमलाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन् । माया भन्दा ठूलो धन सम्पत्ति नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ ।

विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन । यादव घिमिरेको संगीत तथा नोर्बु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ ।
काठमाडौं आसपासका रमणीय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन, एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।















प्रतिक्रिया