१४ कार्तिक २०८३, शनिबार

गगन थापा भन्छन्-‘माओवादी भित्र मुसो, बाहिर बाघ जस्तो देखियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan_thapaकाठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले पछिल्लो राजनीतिक अस्थिरताको प्रमुख कारण एकीकृत नेकपा माओवादी भएको बताउनुभएको छ ।

ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोधारे कुराले दलहरुबीच सहमति हुन नसकेको स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो-‘बाहिर हुन लागेको काम बाधा पुर्‍याएर बाघ बन्न खोज्ने, भित्रभित्रै सहमति गर्छौं भनेर मुसाको चालमा नेता भेट्ने प्रवृति माओवादीमा छ, जसका कारण देशले निकास पाउन सकेको छैन् ।’ प्रचण्डको अस्थिरताले नै राजनीतिक अस्थिरता लम्बिएको नेता थापाको भनाई छ ।

पछिल्लो समय माओवादी वार्ताका लागि सकारात्मक देखिएको भन्दै नेता थापाले यही वैशाख १७ गते बस्ने संविधानसभा बैठकबाट संविधान निर्माणको प्रक्रिया अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।