१२ कार्तिक २०८३, बिहिबार

विद्यार्थीले खाजा कटौती गरेर विद्यार्थीलाई नै शैक्षिक सामग्री वितरण

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ चक्रेश्वरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुमध्ये विपन्न एवं जेहेनदार २० जना विद्यार्थीहरुलाई प्रवल नेपाल नामक संस्थाले ब्याग, कापी, कलम, क्यालकुलेटर लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको संस्थाको संस्थापक कोषाध्यक्ष सुजन बस्नेतले जानकारी दिए ‌।

आफू विद्यार्थी रहँदा रहँदै आफूले देखेका भोगेका, सुनेका समस्याहरुलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई शिक्षा लिनका लागि केही सहयोग होस् भन्ने उद्देश्यले आफ्नो खाजाको रकम कटाएर सहयोग गरेको संस्थाको सस्थापक अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अधिकारीले विभिन्न मानिसहरुबाट थरिथरिका विचारहरु आए पनि आफूहरुले सकारात्मक विचारलाई अनुसरण गरेर अभियानको सुरुवात गरेको बताउँदै विद्यार्थीहरुलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारी, सहसचिव अरुणा ढकाल, सदस्य सिदार्थ शाह, नानु भट्ट, विद्यालयका सहप्रधानाध्यापक सीता अधिकारी, शिक्षकशिक्षिकाहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।