काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।
पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो। जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्।
यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।
विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।















प्रतिक्रिया