
काठमाडौँ, २५ चैत । अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन
।
शुक्रबार दिउँसो भएको दुर्घटनामा अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै पोखरा जान लागेको ग २ ६०८० नम्वरको बस सन्धिखर्क नगरपालिका –२ भलाडाडा नजिकै कुनोमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया