
रियाद, २४ चैत । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गर्नु भएको छ । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त उच्चस्तरीय परिषद् गठन गर्नु भएको हो ।
साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उहाँले परिषद् गठन गर्नु भएको हो । साउदी अरब आफूहरुको मुख्य सत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरुले बताएका छन् ।
यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरुले मुख्य सत्रु मान्ने गरेका हुन । सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ ।
यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबीच संघर्ष चल्दै आएको छ । विश्लेषकहरुले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन् । उहाँले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्व गृहमन्त्री तथा उहाँकै सल्लाहकार रशद अल अलिमिले गर्नु भएको छ । –रासस















प्रतिक्रिया