२ कार्तिक २०८३, सोमबार

संघीयताको प्रस्ताव अर्कै आयो, मोर्चाका संयोजकमाथि अविश्वास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)काठमाडौं, ११ वैशाख । एमाओवादी अध्यक्ष प्रचण्डले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावलाई आन्दोलन तुहाउने रणनीतिको रुपमा विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘प्रचण्डले हाम्रो १० प्रदेशर सत्तापक्षको सात प्रदेशको प्रस्ताव मस्यौदाको अनुसूचीमा राखेर संविधानसभामा पठाउँदा कस्तो होला भनेर सोध्नु भएछ,त्यसले आशंका जन्मियो’, प्रचण्डको बिहीबार बिहानको भनाइबारे एमाओवादीबाहेक साना दलहरुको साँझ सिंहदरबारमा बसेको बैठकमा रिपोर्टिङ गरिएको थियो ।

प्रचण्डले ल्याएजस्तै प्रस्ताव फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले ल्याउँदा सहमति भएको थिएन ।

‘सत्तापक्षको बहुमतले उनीहरुको प्रस्ताव पारित गराइहाल्छन्, त्यसो हुँदा त संघीयता र आन्दोलन दुवै दुहिन्छ,’ सिंहदरबारको बैठकपछि लिम्बूवान पार्टीका नेता खगेन्द्र माखिमले भने,‘संघीयता र आन्दोलन तुहाउने रणनीतिका रुपमा यसलाई बुझियो, प्रचण्ड ३० दलीय गठबन्धनको संयुक्त निर्णयअनुसार प्याकेजमा सहमति गर्न र आन्दोलन अघि बढाउने तयार हुने वा नहुने के हो, त्यो बुझ्न पनि आशंकासहित गठबन्धनको बैठकमा सहभागी हुने निर्णय गरेका हौं ।’