२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पुटिनमाथि ट्विटरले गर्यो कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मस्को, २४ चैत । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्विटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ ।

ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै पनि क्षेत्रमा सिफारिस नगरिने ट्विटरले जनाएको छ । ट्विटरले आफू सहस्त्र द्वन्द्वमा संलग्न अवस्थामा रहँदा खुला इन्टरनेट पहुँचमाथि बन्देज लगाउने कुनै पनि मुलुकमाथि कारबाही गरिने जनाएको छ ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता ट्विटरले रुसमा आफ्नो सक्रियता निकै कम पारेको छ । हाल ट्विटरमा पुटिनको दुईवटा आधिकारिक एकाउन्ट छन् । उनको एउटा एकाउन्ट रुसी भाषा र अर्को अंग्रेजीमा छन् । ती दुवै एकाउन्टमा क्रमशः ३६ लाख र १७ लाख फलोअर रहेका छन् ।

ट्विटरले भनेको छ, “रुसमा अहिले जनताका लागि इन्टरनेटमाथि नियन्त्रणको अवस्था रहेकोबेला रुसी सरकारी अधिकारीहरूलाई खुला रूपमा सामाजिक सञ्जाल साइटमा पोस्ट गर्न दिँदा खराब सूचनाको असन्तुलन सिर्जना हुन्छ ।

मंगलबारको ट्विटरको यस निर्णपछि अब ३०० बढी रुसी सरकारी एकाउन्टका सामग्री ट्विटरको शक्तिशाली अल्गोरिथ्मले प्रवर्द्धन नगर्ने भएको छ ।

ट्विटरको कारबाहीको सूचीमा मन्त्रालय, दूतावासलगायत उच्च पदस्थ रुसी अधिकारीहरूका एकाउन्ट परेका छन् । यसअघि ती एकाउन्टहरूलाई युक्रेन युद्धबारे गलत सूचना फैलाउन दुरूपयोग गरिएको अरोप लाग्ने गरेको थियो ।

गत १० मार्चमा बेलायतस्थित रुसी दूतावासको आधिकारिक ट्विटर एकाउन्टले युक्रेनी सहर मारिउपोलमा रहेको एउटा मातृशिशु अस्पतालमा बमबारी गरिएको समाचार झुठो भएको जनाएको थियो ।-बीबीसी