काठमाडौं, ११ वैशाख । प्रधानसेनापति गौरवशमशेर राणा गएको वर्ष विदेश भ्रमणमा व्यस्त बने ।
यस वर्ष उनले नौ देशको भ्रमण गरिसके भने १२ वैशाखमा पाकिस्तान जाँदैछन् ।
आगामी २४ भदौमा कार्यकाल सकिन लागेका प्रधानसेनापति राणाले तीनपटक भारतको भ्रमण गरे नयाँ पत्रिका दैनिकले छापेको छ ।
अघिल्लो वर्ष उनले अमेरिका, चीन, भारत, बंगलादेश, युएई, अस्ट्रेलिया, कंगो, दक्षिण सुडान र केन्या भ्रमण गरिसकेका छन् ।
उनले निजी भ्रमणको खर्च पनि राज्यकोषबाट गरिरहेका छन् ।















प्रतिक्रिया