१२ कार्तिक २०८३, बिहिबार

नेकपा एमालेको चम्पादेवी -२ मा लाग्यो उम्मेदवार टुंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत्र । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले चम्पादेवी गाउँपालिका वडा नं २ ले उम्मेदवार टुंगो लगाएको छ।

आज बसेको वडा कमिटिको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो। चम्पादेवी गाउँ पालिका वडा नं २ मा नेकपा एमालेले वडा अध्यक्ष पदमा प्रेम कुमार सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै वडा नं २ को खुल्ला सदस्यमा नेत्र बहादुर माझी र बल बहादुर मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमाले चम्पादेवी २ ले महिला सदस्यमा मन माया मगर र दलित महिला सदस्यमा इन्दिरा कुमारी बिक उम्मेदवार बनाएको छ ।