१२ कार्तिक २०८३, बिहिबार

प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए छन् ।

दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको उनले बताए । अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए ।

‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेनुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो’, उनले थपे, ‘रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’