१ कार्तिक २०८३, आइतबार

‘बी’ डिभिजन लिग टुसालमाथि सामाजिकको सहज जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा सामाजिक युथ क्लब विजयी भएको छ ।

सामाजिकले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टुसाल युथ क्लबमाथि २–० को सहज जित हात पारेको हो । उसलाई जित दिलाउन दुवै गोल सुरेश खत्रीले गरे ।

त्यसपछि थप गोल निस्कन नसक्दा सामाजिकले २–० को सहज जित हात पार्‍यो । जितसँगै सामाजिकले १२ खेलमा १४ अंक जोड्दा पराजित टुसालको पनि समान खेलबाट १४ नै छ ।