१२ कार्तिक २०८३, बिहिबार

विवेकशील साझा पार्टीको आधिकारिकताका निम्ति अब मिलन पाण्डे पक्ष निर्णायक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारवाही सिफारिस गरिएको छ ।

पार्टीका बहुमत सदस्यहरुले कारवाही गरेर निर्वाचन आयोगमा बुझाएका थिए । कारवाही सिफारिस गरिएका मिश्रले विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद उत्पन्न भएको हो ।

मंगसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो । पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए ।

अध्यक्ष र संयोजक मिलेर पार्टी संचालन गर्ने भनेर एकीकरण भएको थियो। गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्ताबेज ल्याए । उक्त दस्ताबेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल लगायत नेताहरुले विरोध गरे ।

तर रवीन्द्र मिश्र भने बहुमतको आधरमा पाण्डे पक्षलाई पेल्दै अघि बढ्यो । मिलन पाण्डे र रन्जु दर्शनालाई कारवाही गरियो। पाण्डे पक्षका करिव २ दर्जन नेताहरुले राजिनामा दिए ।

अहिले रवीन्द्र मिश्र पक्षकै मार्ग परिवर्तन भन्ने दस्ताबेज मान्ने नेताहरु विच पनि विवाद भएको छ । यो विवादले मिलन पाण्डे पक्ष सहि थियो र दस्ताबेजले ल्याएको तरंग क्षणिक थियो भन्ने देखिएको छ ।

अहिले भिम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ । ६८ जनाको हस्ताक्षर सहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र पनि दिएको छ ।

अहिले ६८ जना मिश्रको पक्षमा, त्यस्तै ६८ जना उनको विरोधमा र यो दस्ताबेज आएबेला देखिनै विद्रोह गर्दै आएको पाण्डे समुहमा करिव २५ जना नेताहरु छन् । पाण्डे समुहमा धेरैले राजिनामा दिएर पार्टी परित्याग गरिसकेका छन् ।

अहिले निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अध्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेनै कायम छन् ।

अब मिलन पाण्डे पक्ष जहाँ उभिन्छ पार्टी आधिकारिक रुपमा त्यहि रहन्छ । पार्टीमा विचार पनि मिलन पाण्डे समुहकै स्वीकार हुँदै गएको र आधिकारिकताका निम्ति पनि मिलन पाण्डे समुहनै निर्णायक हुने देखिएको छ ।