
काठमाडौँ, २३ चैत । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको रक्षाका लागि नभई भाषणका लागि मात्रै खुलेको बताएको छ ।
‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उनले भने, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’
एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गर्ने गरेकैले जनताले साथ दिने उनले बताए ।
‘गाउँगाउँमा बाटो पुर्याउने, सिँचाइ पुर्याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अवरुद्ध भयो । नेपाली जनताको सपना तुहियो । यो सपनालाई फेरि ब्यूँझाउन एमाले लाग्नुपर्छ,’ उनले भने, ‘सारा युवाहरुको पार्टी एमाले हो । संसारको सपनाको देश अमेरिका भनेजस्तै नेपालमा सपनाको पार्टी नेकपा एमाले हो ।’















प्रतिक्रिया