२९ आश्विन २०८३, बिहिबार

परालको थुप्रोमा यौनसम्पर्क गरी हातखुट्टा बाँधी नदीमा बगाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedढाका, १० वैशाख । बङ्गलादेशमा तयारी पोसाक कारखानामा काम गर्ने एक महिला कामदारलाई यातना दिई नदीमा फ्याक्ने र सो अपराध स्वीकार गर्ने एक हत्यारालाई एक अदालतले मृत्युदण्डको निर्णय दिएको एक सरकारी वकिलले बिहीबार बताएका छन् ।

न्यायाधीशले रासु खानलाई सन् २००८ मा १९ वर्षीया महिलाको हत्या गरेकोमा उक्त निर्णय सुनाएका हुन् । खानले यस्तै प्रकारले अन्य दश महिलाको हत्या गरेको र ती प्रायः तयारी पोसाक कारखानाका कामदार भएको स्वीकार गरेका थिए ।

खानमाथि यी सबै हत्याका विषयमा छुट्टाछुट्टै रूपमा सुनुवाइ भइरहेको छ र निजलाई उक्त निर्णय सुनाइएपछि निजले कुनै पनि पीडाको भावना नदेखाएको बताइएको छ । बुधबार न्यायाधीशले खानलाई पेशागत शृङ्खलाबद्ध हत्यारा तथा विकृत व्यक्तिको रूपमा लिएका छन् ।

वकिल मोजिबुर रहमानले खानले सहिदालाई विवाह गर्ने बचन दिइ चन्दपुर गाउँमा लगेको, उनीहरूले परालको थुप्रोमा यौनसम्पर्क गरेको तथा पछि उसले सहिदाको हातखुट्टा बाँधी नदीमा डुबाइदिएको बताए ।

सन् २००९ मा एक मस्जिदबाट लाउडस्पिकर चोरेको आरोपमा ५० वर्षीय खानलाई पक्राउ गरी प्रश्न गर्दा यी हत्याका बारेमा प्रहरीले जानकारी प्राप्त गरेको हो । सोधपुछको समयमा खानले ती हत्याका बारेमा जानकारी दिएका हुन् ।

एक न्यायाधीश अगाडि खानले आफूले कम्तीमा ११ महिलाको हत्या गरेको र तीमध्ये एक मात्र तयारी पोसाक कारखानामा काम गर्ने नभएको जानकारी दिएको बताइएको छ ।

रहमानले यी सबै मृत महिलाको शरीरमा टोकिएको घाउ भएको, उनीहरूको स्तन तथा यौनीमा धारिलो बस्तुले काटेको देखिएको र प्रायःलाई डुबाएर मारेको देखिएको बताए । यी हत्यामा निकै समानता देखिएको रहमानले उल्लेख गरे ।

खानले गारमेन्ट कारखानाका महिला कामदारलाई नै किन आक्रमणको लक्ष्य बनाएको भन्ने नबताए पनि निजले महिलालाई घृणा गरेको आफू युवा हुँदा महिलाले आफूलाई अस्वीकार गरेकाले बदला लिन खोजेको बताएको रहमानले उल्लेख गरे ।

अर्का सरकारी वकिल साइदुल इस्लामले खानले आफूले १०१ महिलाको हत्या गरी सुफी मस्जिदमा योगी भएर बस्न चाहेको अदालतमा बताए भनी जानकारी दिएका छन् । रासस/एएफपी