काठमाडौं, १० वैशाख । यसैबीच, राजधानीको न्युप्लाजा, पुतलिसडकमा बन्दै गरेको घरको पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
सो घरमा गत एक महिना देखि ज्यामीको काम गर्दै आएका ३२ वर्षिय राजन तामाङ आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी प्रभाग सिंहदरवारका निरीक्षक रमेश सुवेदीले प्रारम्भिक अनुसन्धानमा मृतकले छतबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने देखिएपनि घटनाबारे प्रहरीले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
गएराति काम सकिएपछि मादक पदार्थ अत्यधिक सेवन गरेका तामाङ राति हल्ला गर्दै घरको छतमा जान खोजेका थिए ।
घरधनीले सम्झाई बुझाई फर्काएपछि तल आएका तामाङ मध्यराति फेरि छतमा गएर हाम फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।















प्रतिक्रिया