४ कार्तिक २०८३, बुधबार

कागजको बिटोलाई डलर भनी ठगी गर्ने पाँचजना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar(11)काठमाडौँ, १० वैशाख । कागजको बिटोलाई डलर भनी झुक्याई ठगी गरेको अभियोगमा बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय विपिन लामासहित पाँचजनालाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरेको छ ।

झापा बिर्तामोड घर भई बौद्ध बस्दै आएका राजन थापा मगरलाई गत मङ्गलबार कागजको बिटोलाई डलर भनी झुक्याई रु दुई लाख ५० हजार ठगी गरी फरार भएका थिए ।

फरार रहेका उनीहरुलाई प्रहरीले खोजतलास गर्नेक्रममा अमेरिकी डलर ४१० र रु एक लाख ७५ हजार ५०० सहित पक्राउ गरेको हो ।