४ कार्तिक २०८३, बुधबार

सिके राउतलाई विशेष अदालतले दियो सफाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawatकाठमाडौँ, १० वैशाख । विशेष अदालतले राज्यविरुद्धको अपराध मुद्दा खेपिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, सदस्य न्यायाधीशहरू पवन शर्मा र महेशप्रसाद पुडासैनीको इजलासले आज सफाइ दिएको हो । विशेष अदालतले नेपाल सरकारले लगाएको आरोपको स्पष्ट प्रमाण पुग्न नसकेकाले डा राउतलाई अदालतले सफाइ दिएको आदेशमा उल्लेख छ ।

राज्यविरुद्धको मुद्दामा ‘कसैले नेपालको सार्वभौमसक्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने कुनै अवस्था उत्पन्न गरेको वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ’ भनिएको छ ।

मोरङको रङ्गेलीमा आयोजित कार्यक्रममा देश टुक्रयाउने अभिव्यक्ति दिएको अभियोगमा डा राउतविरुद्ध सरकारले गत असोज २२ गते राज्य विरुद्धको अपराधअन्तर्गत मुद्दा दायर गरेको थियो ।

यसअघि पहिलो सुनुवाईमा विशेष अदालतले राउतसँग रु ५० हजार धरौटी माग गरेको थियो । राउतले रु ५० हजार धरौटी बुझाएर रिहा भएका थिए ।