अर्घाखाँची, १० वैशाख । अर्घाखाँचीको पोखराथोक गाविसमा आज दिउँसो आगलागीमा परी एक बालकको घटनास्थलमै ज्यान गएको छ ।
पोखराथोक–८ कमाइघारीका भीमबहादुर सूर्यवंसीको घरमा आगो लाग्दा उहाँका सात वर्षीय छोरा थमनको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।
घरमा थमन मात्र भएको समयमा आगलागी भएकाले उनको जलेर मृत्यु भएको बताइएको छ ।
आगलागीबाट भीमबहादुरको घरगोठ तथा उनका भाइ सोभासिंहको गोठ समेत जलेर नष्ट भएको प्रहरी चौकी खिदिमले बताएको छ । रासस















प्रतिक्रिया