२ कार्तिक २०८३, सोमबार

रुकुमका विद्यालयहरूमा देखाइयो ‘थकथकी’ (तस्वीरहरूसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम पूर्व, २२ चैत । रुकुमपूर्वका विभिन्न विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ ।

नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो । पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरिएको नाटक पूर्खाजित राईले निर्देशन गरेका हुन् ।

नाटकमा बालविवाहको असरबारे देखाइएको छ । नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पर्ने असरलाई देखाउँदै यसको न्यूनीकरणका उपायहरू प्रस्तुत गरिएको पुर्खाजित राईले जानकारी दिए ।

नाटकमा सिग्नेचर, लुकामारी, मन्दिरा, घनचक्करलगायत फिल्ममा अभिनय गरिसकेका जेबी डिसी, ज्योति राई, प्रिती पुन, मनप्रसाद विक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङले अभिनय गरेका छन् ।

रुकुम पूर्वलगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लामा व्याप्त रहेको विवाहको प्रचलनलाई न्यूनिकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी बन्न सक्ने कलाकार जेबी सीडीले बताए ।