
वाशिङ्टन, २२ चैत । अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गरेका छन् ।
३०० जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ ।
युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताएका छन् । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताएको समाचारमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया