४ कार्तिक २०८३, बुधबार

गान्धी मिसनले केपी ओलीलाई रुख दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौँ, १० वैशाख । वातावरण संरक्षणमा ध्यानाकर्षण गराउन गान्धी अन्तर्राष्ट्रिय मिसन नेपालले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पाँच जातका रुख हस्तान्तरण गरेको छ ।

ओली निवास बालकोटमा सो मिसनका अध्यक्ष सुशील जगनानी अग्रवालले कागती, दुबी, आँप, स्याउलगायत विरुवा हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले वातावरण संरक्षण अहिलेको महत्वपूर्ण सामाजिक दायित्व भएको जनाउँदै रुख पाएपछि आफू यसमा अझ संवेदनशील भएको बताउनुभयो ।

मिसनले यसअघि राष्ट्रपति डा रामवरण यादव, एमालेका नेता माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तिलाई पनि रुख प्रदान गरिसकेको छ । रासस