४ कार्तिक २०८३, बुधबार

सगरमाथा आरोही कामे मगरलाई धमला ग्रुपको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । सगरमाथा आरोहण परमिट लिएर सोलु बालकल्याण अनाथालयको संचालनका निमित यसै साता आरोहण गर्न जादै गरेका सगरमाथा आरोही कामे मगरलाई आज राजधानीमा एक कार्यक्रम बीच सम्मान तथा सहयोग प्रदान गरिएको छ ।

बिगत ६ बर्ष देखि सुचना प्रबिधिमा आफ्नो प्रभुत्व जमाई रहेको धमला ग्रुपस प्रालिका सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कोषकि निर्देशक सब्बु बस्नेतले सोलु बालकल्याण अनाथालयको उत्थानका निमित्त पचास हजार सहयोग गरेको र  बार्षिक पचास हजार सहयोग गर्ने घोषणा गरेको बताईन् ।

साथै हाल उक्त अनाथालयमा रहेका २५ जना बालबालिकालाइ बर्षभरी लाग्ने सम्पूर्ण शैक्षिक सामग्री बार्षिक प्रदान गर्ने भएको छ । यसै कार्यक्रममा अस्ट्रेलिया अध्यायनका निमित्त १२ बर्ष देखि अस्ट्रेलिया तथा नेपालमा कार्यालय संचालन गरि बैदेशिक शिक्षा सम्बन्धि परामर्श प्रदान गर्दै आएको एदुभेन्चर इन्टरनेसनलका ब्रान्ड म्यानेजर मुकेश धमलाले समेत सगरमाथा आरोहणका निमित नगद ५० हजार सहयोग प्रदान गरेका छन् ।

साथै ह्युल्षा होटेल बौद्धका प्रबन्धकतथा नेपाल हंगेरी फ्रेनसिप तथा ट्रेड एस्सोसियसन्का अध्यक्ष लंकमान रोक्का मगरले पनि एक लाख ५० हजार बराबरको सहयोग प्रदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा कामे मगरले आफ्नो जीवनकालमा हिमाल आरोहण, अनाथालय सञ्चालनका बिषयमा संगर्षका गाथा सुनाउनु भएको थियो भने धमला ग्रुपस प्रालि र एदुभेन्चारको तर्फबाट मुकेश धमलाले र लकंमान रोक्काले शुभकामना व्यक्त गर्नु भएको थियो ।