
अमेरिकी अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिएका छन्।
उनले गत आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेपछि चरम विवादमा तानिएका थिए। एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो, उनको विज्ञप्तिमा भनिएको छ।
एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहनेू बताएको छ। एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए।
त्यसको एक घण्टा पनि नहुँदै उनले किङ रिचर्डू नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए।
मैले चोट पुर्याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्, स्मिथले शुक्रवार भने।
मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ। म दुःखी छु। स्मिथले आफ्नो लक्ष्य उपलब्धिको लागि योग्यहरूतर्फ सबैको ध्यान फर्काउनु भएकोू बताए।
उनले निष्कर्षमा भने परिवर्तनका लागि समय लाग्छ र म अब कहिल्यै पनि हिंसालाई कारणभन्दा अगाडि हुन नदिने कार्य गर्न प्रतिबद्ध छु। एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए।
रकले बुधवार बोस्टनमा आयोजित एक स्ट्यान्ड-अप कार्यक्रमका क्रममा सम्बोधन गर्दै, आफू अझै पनि के भयो भनेर खुट्टाउन प्रयास गरिरहेको बताएका थिए। हाल अमेरिकाको आफ्नो कार्यक्रम इगो डेथू को सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकहरूले उभिएर सम्मान दर्साएका थिए।
रकले यसअघि स्मिथविरुद्ध आपराधिक आरोप नलगाउने निर्णय गरेका विवरणहरू सार्वजनिक भएका थिए। स्मिथकी श्रीमती, अभिनेत्री जाडा पिङ्केट स्मिथले बुधवार इन्स्टाग्राम पोस्टमार्फत आफ्नो मौनता भङ्ग गर्दै लेखिन्स् यो निको हुने समय हो र म त्यसैका निम्ति यहाँ छु। –बीबीसी















प्रतिक्रिया