
काठमाडौं, १९ चैत । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।
गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन तथा म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू कुनै पनि पार्टीका नलागेको स्पष्ट पारेका छन् । ‘दीपकराज गिरी माओबादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान !,’ उनले लेखेका छन्, ‘म कहीँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ –शुभरात्री !’
वातस्तवमा कलाकार गिरीको नाम र थरसँग ठ्याक्कै मिल्ने सिन्धुपाल्चोकका एक जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए । सोही विषयको समाचारले कलाकार गिरीलाई हैरानी दिएको हो ।















प्रतिक्रिया