
काठमाडौं, १८ चैत । मोडल खाजुम फिचर्ड गायक निमा तामाङको ‘बाँध मायाले’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका अन्नु चौधरीको समेत स्वर सुन्न सकिन्छ । युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ ।
गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन् । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो ।
ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
















प्रतिक्रिया