१ कार्तिक २०८३, आइतबार

एफएनजे मिडिया कप फुटसलका लागि टीम दर्ताको आह्वान, यस्ता छन् मापदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपाल पत्रकार महासंघले ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिताका लागि टीम दर्ता गर्न आह्वान गरेको छ ।

महासंघको ६७औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप फुटसल प्रतियोगिताका लागि टीम दर्ता गर्न महासंघले आह्वान गरेको हो ।

प्रतियोगिता चैत २३ र २४ गते नेशनल स्पोर्टस सेन्टर, च्यासलमा आयोजना गरिने महासंघले जनाएको छ । टीमको संख्या हेरेर लिग कम नकआउट वा नकआउट ढाँचामा प्रतियोगिता आयोजना गरिने पनि महासंघले स्पष्ट पारेको छ । प्रतियोगितामा आधा घण्टा (दुबै हाफ १५–१५ मिनेट) खेलाइने छ ।

टीम दर्ताका लागि आवश्यक प्रावधानहरु

१. टीममा ९ खेलाडी र २ अफिसियल रहने छन् ।

२. खेलाडीहरु अनिवार्य रुपमा पत्रकार महासंघको सदस्य वा कुनै पनि सञ्चार माध्यममा ६ महिना यता कार्यरत हुनुपर्नेछ ।

३. एन्फाको ए, बी र सी गरी कुनै पनि डिभिजनको खेलमा सहभागिता जनाएकाहरुले यो प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

४. जर्सी र बुटको व्यवस्था टीम स्वयंले गर्नेछ ।

५. टीम दर्ताका लागि पाँच हजार रुपैयाँ तोकिएको छ । यो रकम प्रतियोगितामा सहभागी हुन आउने बेला वा महासंघको खातामा जम्मा गरेको भर्पाई इमेलमै एट्याच गरेर पनि बुझाउन सकिने छ ।

६. सहभागी टीमका खेलाडीलाई खाजाको व्यवस्था महासंघले गर्नेछ ।

७. कुनै पनि खेलाडीका बारे विपक्षी टोलीले प्रोटेस्ट हालेमा सम्बन्धित टोलीले सबै प्रमाणहरु पेश नगरेसम्म सो खेलाडीले बाँकी खेल खेल्न पाउने छैन ।

८. खेलाडीका बारेमा सबै निर्णयको अधिकार प्राविधिक समितिको हुनेछ ।