
काठमाडौं, १८ चैत । नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको ‘दिन्थेँ मुटु झिकी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर निसान भट्टराई र बिष्णु माझीको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि, बुटवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् । शिव बिकले निर्देशन र कोरियोग्रफी गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप, मिलन विश्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ ।















प्रतिक्रिया