२ कार्तिक २०८३, सोमबार

लोकमानको सिरानीबाट फाइल गायव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-Sing-Karkiकाठमाडौं,वैशाख १० – गृह मन्त्रालयअन्तर्गतको भोटाहिटीमा कार्यालय रहेको समरजंग कम्पनी नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको एक सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको छ ।

भूमाफियाले गृह मन्त्रालयको उक्त जग्गा कब्जा गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

काठमाडौं महानगरपालिका वडा नं ४ मा तत्कालीन श्री ५ को सरकारको नाममा रहेको जग्गा भूमाफियाले व्यक्तिगत नाममा दर्ता गरेको आर्थिक दैनिकले छापेको छ ।

२०६३ साल चैत ९ गते आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भूमिसुधार तथा व्यवस्था विभागले बोधार्थ दिएर लेखेको पत्रमा काठमाडौं जिल्ला कामनपा वडा नं ४ मा साविकमा श्री ५ को सरकार (समरजंग कम्पनी) को नाममा रहेको विभिन्न कित्ता जग्गा गैरकानुनी तरिकाले व्यक्तिगत नाममा दर्ता हुन लागेकाले छानविन गरी रोकिपाऊँ भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा आयोगबाट कारबाही अघि बढिरहेको छ ।

भनिएको छ – यसै सन्दर्भमा त्यहाँको च नं ५५१० मिति २०६३/११/१५ को पत्रद्वारा प्राप्त विवरणबमोजिम हाल समरजंग कम्पनीका नाममा बाँकी रहेका त्यहाँबाट प्राप्त विवरणअनुसारका सम्पूर्ण कित्ता जग्गा अर्को आदेश नभएसम्मका लागि कुनै पनि किसिमले दर्ता, नामसारी, खरिद बिक्री हुन नपाउने गरी रोक्का राखी यथासिघ्र सोको जानकारी आयोगको अनुसन्धान महाशाखा नं १ मा पठाउनुहुन आदेशअनुसार अनुरोध छ ।’ आयोगका सहन्यायाधीवक्ता दुर्गाबन्धु पोखरेलले उक्त पत्र लेखेका थिए ।