२ कार्तिक २०८३, सोमबार

भीमकुमारीले यसरी जन्माइन दुई छोरी र एक छोरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १० वैशाख । इलामकी ३६ वर्षीया भीमकुमारी लिम्बूले मंगलबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तिम्ल्याहामा २ छोरी र १ छोरा छन् ।

इलामको साखेजुङ ६ की भीमकुमारीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

जन्मिएका तीनवटै बच्चासहित आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जनाएका छन् ।

उनका श्रीमान ५४ वर्षीय बलवहादुर तुम्बापोका अनुसार बैशाख ६ गतेदेखि इलामबाट रिफर भएपछि प्रतिष्ठानको प्रसुति विभागमा शल्यक्रियाका लागि ल्याएको अवस्थामा तिम्ल्याहा बच्चा जन्मेको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिष्ठानका चिकित्सक डा अजय अग्रवालको टोलीले तुम्बापोको शल्यक्रिया गरि बच्चा सकुशल जन्माउन सफल भएको हो ।