१ कार्तिक २०८३, आइतबार

नेपाल र पपुवा न्युगिनी भिड्दै, एक खेल अघि नै फाइनल पुग्ने होडमा नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ चैत । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे खेल सुरु हुनेछ।

यी दुई टोलीले दुई वटा टी २० आई खेलेकोमा समान १र१ वटा खेल जितेका छन्। पछिल्लो पटक जारी त्रिदेशीय सिरिजमा नै नेपालले पीएनजीमाथि जित निकालेको थियो भने सन् २०१५ मा पीएनजीले नेपाललाई हराएको थियो।

जारी सिरिजमा लगातार दुई खेलमा पराजय ब्यहोरेको पीएनजी दवाबमा छ। पीएनजीले पहिलो खेलमा नेपालसँग १५ रनले र दोस्रो खेलमा मलेसियासँग ८ रनको पराजय ब्यहोरेको थियो। नेपालले भने सुरुवाती दुई खेलमा पीएनजी र मलेसियालाई हराउँदै सुखद सुरुवात गरिसकेको छ। आजको खेलमा जित निकाल्दै एक खेल अघि नै फाइनल पुग्ने लक्ष्यमा नेपाल रहने छ।