
काठमाडौं, १७ चैत । राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तेस्रो भएकी छन् ।
रेडियो नेपालको ७२औँ वार्षिक उत्सवको अवसरमा आयोजित उक्त प्रयोगितामा भोजपुरका राजकुमार सुन्दास पहिलो, लक्ष्मी बिक र सन्देश पौड्याल दोस्रो तथा पोखराकी ममता गुरुङ तेस्रो भएकी हुन् । गुरुरू अघिपनि थुप्रै प्रतियोगितामा सहभागी भइसकेकी छन् ।
देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत उनले आफ्नो प्रस्तुती दिँदै आएकी छिन् । पछिल्लो समय उनका थुप्रै चर्चित गीतहरुले दर्शक श्रोताको अपार माया पाइसकेका छन् ।
उनी देशकै ठूलो रियालीटी शो नेपाल आइडलमा समेत सहभागी भएकी थिइन् ।















प्रतिक्रिया