२ कार्तिक २०८३, सोमबार

रुसी राष्ट्रपति पुटिन र सैन्य नेतृत्वबीच तनाव बढेको अमेरिकाको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, १७ चैत । ब्रिटिस तथा अमेरिकी जासुसी निकायले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँको सैन्य नेतृत्वबीच तनाव बढेको दाबी गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्वीर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूको दाबी छ । कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन् ।

रुसको युक्रेन अतिक्रमण शुरू भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ । वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन् ।

पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन् ।