
काठमाडौं, १७ चैत । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा आज नेपालले पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा पीएजीसँग खेल्न लागेको हो । पीएनजीविरुद्धको खेल नेपालको ५०औं ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल पनि हो ।
नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने लक्ष्यमा रहने छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको थियो ।
उता यसअघिका दुबै खेलमा पराजित पीएनजी आज पहिलो जितको खोजीमा रहने छ । अंक तालिकामा नेपाल शीर्ष स्थानमा छ ।















प्रतिक्रिया