२ कार्तिक २०८३, सोमबार

मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्ड कासाबोन भोलि भारत भ्रमणमा आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, १५ चैत । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने मार्च ३० देखि अप्रिल १० भारतको औपचारिक भ्रमण गर्नेछन्।

विदेश मन्त्रीको हैसियतमा मार्सेलो एब्रार्ड कासाबोनको यो पहिलो भारत भ्रमण हुने परराष्ट्र मन्त्रालयले मङ्गलबार जनाएको छ। जयशंकर र कासाउबोनले द्विपक्षीय सम्बन्धको विस्तृत समीक्षा गर्नुका साथै पारस्परिक हितका अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि छलफल गर्नेछन्।

गत वर्ष सेप्टेम्बरमा विदेशमन्त्री जयशंकरको मेक्सिको सिटी भ्रमणपछि मेक्सिकोका विदेशमन्त्रीको यो भ्रमण हुन लागेको हो। भ्रमणको यो आदानप्रदानले भारत र मेक्सिकोबीचको विशेषाधिकार प्राप्त साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। हाल मेक्सिको ल्याटिन अमेरिकामा भारतको दोस्रो ठूलो व्यापार साझेदार राष्ट्र हो । –रासस