रौतहट, ९ वैशाख । जिल्लाको राजपुर फरदवा गाविसमा एक भारतीय नम्बरको भ्यानले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ ।
स्थानीय राजपुर फरदवा गाविस–१ का ओलीहन खातुनलाई एस के ०४८१७४ नम्बरको भारतीय भ्यानले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुर फरदवाले जनाएको छ ।
घटनापछि चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक चन्द्रकान्त अधिकारीले बताउनुभयो । रासस















प्रतिक्रिया