महेन्द्रनगर, ९ वैशाख । कञ्चनपुरमा नेविसंघको नेतृत्वको विषयलाई लिएर नेपाली काँग्रेसको संस्थापन र देउवा पक्षबीच खिचातानी चलिरहेका बेला नेविसंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष नैनसिँह महरले अच्युतराज कलौनी नै आधिकारिक जिल्ला अध्यक्ष भएको दाबी गर्नुभएको छ ।
काँग्रेस कञ्चनपुरले बरिष्ठ नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा विद्यार्थी नेता महरले कलौनी नै आधिकारिक अध्यक्ष भएको दाबी गर्नुभएको हो ।
संस्थापन र देउवा पक्षीय नेविसंघका एक एक जना प्रतिनिधीहरुले संयुक्त रुपमा कलौनीलाई जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको स्मरण गर्दै उहाँले कलौनी नेतृत्वको टिमलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
नेविसंघका केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका विद्यार्थी नेता महरले केन्द्रीय अध्यक्ष रञ्जित कर्णको एकल निर्णय कदापी स्वीकार्य नहुने बताउनुभयो ।
केही महिना अघि जिल्ला अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि कलौनीको वैधानिकता समाप्त भएको दाबी गर्दैै अध्यक्ष कर्णले कञ्चनपुरमा गंगादत्त भट्टलाई अध्यक्षमा मनोनित गरेको पत्र पठाएपछि कञ्चनपुरमा संस्थापन र देउवा पक्षीय विद्यार्थी नेताहरुबीच विवाद चुलिदै गएको छ ।
बैशाख ६ गते दुबै पक्षले पार्टी कार्यालयमा एकै व्यक्तिलाई प्रमुख अतिथि बनाएर एकै समयमा छुट्टाछुट्टै रुपमा नेविसंघको स्थापना दिवस मनाएका थिए । कार्यक्रममा दुबै पक्षबीच हात हालाहाल समेत भएको थियो ।
















प्रतिक्रिया