२ कार्तिक २०८३, सोमबार

भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १४ चैत । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का आइपुग्नु भएको छ ।

श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गर्नु भएको छ । आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाई छ । विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गर्नु भएको हो । उहाँ यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहनु हुने भएको छ । मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ । –रासस