२ कार्तिक २०८३, सोमबार

सुडानद्वारा साउदी अरेबियामा नागरिक सुविधाहरूमा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खार्तुम, १३ चैत । सुडानले शनिबार साउदी अरेबियाका नागरिक सुविधाहरूमा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा गरेको छ। सुडानले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको ड्रोनको निरन्तर प्रक्षेपणको लागि हुथी मिलिशियाको कडा शब्दमा निन्दा गर्दछ, सुडानको विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

हुथी आक्रमणले नागरिक र नागरिक सुविधाहरू खतरामा परेका छन् र  यो क्षेत्रमा त्रासमा गम्भीर वृद्धि भएको छ, मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले आफ्नो सुरक्षा र स्थिरतालाई लक्षित गर्ने कुनै पनि खतराको विरुद्धमा साउदी अरेबियाको लागि सुडानको दृढ समर्थनलाई पुनस् पुष्टि गरेको छ।

यमनको हुथी मिलिशियाले शुक्रबार साउदी अरेबियाको जेद्दा र राजधानी रियामा रहेको तेल प्रशोधन केन्द्रहरूमा सीमापार ड्रोन र मिसाइल आक्रमणको जिम्मेवारी समेत लिएको छ।-रासस