२ कार्तिक २०८३, सोमबार

पल र सुनिलको ‘झम्के साँझ’ ट्रेण्डिङमा (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङमा आएको छ ।

लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।

भिडियोमा रोधी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।