
काठमाडौं, १३ चैत । गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’ ल्याएकी छिन् ।
पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिएका छन् । बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ । गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन् ।
रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले नै अभियन गरेका छन् । विवेक दुलाले खिचेको भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् ।
गायिका प्रीतिले दुई साताबीचमै दोस्रो गीत सर्वाजनिक गरेकी हुन् । उनले दुई साताअघि ‘के को शान’ गीत आफ्नै युट्युब च्यालनबाट बजारमा ल्याएकी थिइन् ।















प्रतिक्रिया